के तपाईंको एन आई सी एशिया बैंकको कर्जामा ९.९९ प्रतिशत भन्दा बढी ब्याजदर छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ २४, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २४, काठमाण्डौ ।  एनआइसी एशिया बैंकले असार मसान्तसम्मको सम्पूर्ण साँवा र ब्याजको बक्यौता रकम तिरेमा ९.९९ प्रतिशत ब्याजदर कायम गर्ने स्पष्ट पारेको छ ।

बैंकले मंगलवार एक विज्ञप्ति जारी गर्दै अबको ८ दिनभित्रमा बक्यौता रकम तिरेमा साउन १ देखिको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने दोहोराएको छ ।

बैंकले ऋणीले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहकहरूको बैंक खातामा जम्मा समेत गरिएको जनाएको छ ।

बैंकले सुपर चमत्कारिक कर्जा सम्बन्धी केही जिज्ञासा राख्नका लागि समेत यस ‘कर्जा सहायता केन्द्र’ सञ्चालनमा ल्याएको जनाउँदै यसले ग्राहकलाई थप सहज बनाएको जनाएको छ ।

‘साथै नेपाल राष्ट्र बैंकबाट २०७७/०१/ १६ गते २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै उक्त २ प्रतिशत ब्याज सहुलियतको अलावा कोरोना भाइरसको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । जसमा ग्राहक महानुभावहरूको उत्साहपूर्ण सहभागिता भएपछि उक्त योजना अनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहकहरूको खातामा जम्मा समेत गरिएको सहर्ष जानकारी गराउदछौं ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै बैंकले अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण नयाँ योजनाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकहरूमाझ नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर ८.२५ प्रतिशत तथा प्रशासनिक शुल्क ०.२५ प्रतिशतमा सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजनाहरू ल्याएर गतिशिल बैंकिङ्गको उदाहरण प्रस्तुत गरेको जनाएको छ । ‘ कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने, ४८ घण्टाभित्रै कर्जाको निर्णय दिने, कर्जाको पूर्वस्वीकृतिको सुविधा, वार्षिक रुपमा आफ्नो किस्ता आफै निर्धारण गर्न सकिने लगायत नविनतम सुविधासहित बैंकले ग्राहकवर्गलाई अझ परिष्कृत सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस सुपर चमत्कारिक कर्जा सम्बन्धी केही जिज्ञासा राख्नका लागि समेत यस ‘कर्जा सहायता केन्द्र’ अत्यन्तै लाभकारी हुने बैंकले अपेक्षा गरेको छ’, बैंकले भनेको छ ।

बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहेका छन् । त्यस्तै २१ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू उत्साहप्रद रहेको बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस