पीसीआर परीक्षण व्यापक गर्ने तयारी

Post Thumbnail

असार २५, काठमाडौंँ । कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने भएको हो ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेले काठमाडाँै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाउन लागिएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस