नेकपामा कालो बादल: देश चलाएको गफ त ज्ञानेन्द्रले पनि दिएकै हुन् !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २६, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

-राज ढुंगाना                         

गत असार १७ गतेदेखि तिव्र विवादमा रुमलिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अझै मतभेद लम्बिदो छ । करिब १ हप्ता लामो छलफलपछि पनि नेकपाका नेताहरुबीच सौहार्दपुर्ण छलफल हुन सकेको छैन् । स्थायी कमिटीको बैठक निरन्तर पछाडी धकेलिरहेको छ । शिर्ष नेताहरुबीच छलफल हुन सकेको छैन् । दुई अध्यक्षबीच भइरहेको भेटघाटले पनि सार्थकता पाउन सकेको छैन । दोस्रो तहका नेताहरु पार्टीभित्रको विवाद साम्य पारेर एकतालाई बाँच्न दिने कसरतमा छन् । यद्यपी शिर्ष नेता नै नमिलेपछि दोस्रो तहका नेताको कसरत पनि बालुवामा पानी भएको छ । खासगरी पछिल्लो विवाद बरिष्ठ नेता माधवकुमार नेपालले सल्ट्याउन पर्ने अवस्था सिर्जना भएको छ । तर दुई अध्यक्ष मध्ये केपी ओली नेता नेपालको मुख पनि हेर्न चाहदैनन् । उनि प्रचण्डलाई फकाउन कसरत गरिरहेका छन् ।

नेपालबिनाको छलफलले अब काम गर्दैन्

अध्यक्ष ओलीले पार्टी एकतादेखि नै कहिले खनाल कार्ड, कहिले नेपाल कार्ड, कहिले गौतम कार्ड फ्याँक्दै आईरहेका छन् । कहिले पुर्वएमालेका नेताहरुसंग नजिकिएर प्रचण्डलाई भित्तामा पुर्याउने त कहिले पुर्व माओवादीका नेताहरुसंग मिलेर खनाल–नेपाललाई चेप्ने रणनिति अख्तियार गरेपनि यो झरीमा भइरहेको नेकपा विवादले पहिरो नै जाने संकेत गर्दैछ् ।  नेताहरु एकले अर्कोलाई जसरी पनि सिध्याउने वा पेलेर जाने रणनितिमा छन् । ‘यसको समाधान त्यो होइन्’ भन्छन्ने-कपा सचिवालयका एक नेता । यसको मतलब हो,नेताहरु त एक ठाँउमा बस्नैपर्छ , आपसी मतभेदको विषयमा खुल्नैपर्छ नत्र त पार्टी, पार्टी हुँदैन् यो त काग,बकुल्लाहरुको बथान मात्रै हुन्छ ।

यहाँनेर के मा कुरा अड्किन्छ भने अहिलेसम्म ओली–प्रचण्डको छलफलले किन सार्थकता पाएन ? को संग छ वार्तालाई सकारात्मक दिशामा ढाल्न सक्ने साँचो ? यसको उत्तर हो–बरिष्ठ नेता नेपाल । अहिले पार्टीका दोस्रो तहका नेता र कार्यकर्ताले शिर्ष नेताहरु एक ठाँउमा बसेर छलफल गरेको हेर्न रहर गरेका छन् । जसले गर्दा सबैकुरा छर्लङ्ग होस् । तर ओली नेपालसंग कुरा गर्नै चाहदैनन् । उनि प्रचण्डलाई ललाईफकाई गरेर पेलेरै जाने लाईनमा स्पष्ट छन् । यहाँनेर मुख्य समस्या छ । तर अब ओलीले सोचेजस्तो प्रचण्डलाई मात्रै मिलाएर अघि बढ्छु भन्ने सोच त्याग्न जरुरी छ । अवस्था त्यस्तो नि छैन् । किनकी प्रचण्डको सहमतीको साँचो माधव नेपालसंग छ । उनि बालुवाटारमा ओलीसंग छलफल गर्छन् तर लगतै ब्रिफिङ नेपाललाई गर्छन् ।

पटक–पटक ओली–प्रचण्डको भेटलाई माधव नेपालले चोचोमोचोको रुपमा समेत लिएका छन् । यसको अर्थ हो पार्टीभित्र सबैको प्रतिनिधित्व हुनेगरी सर्वपक्षिय छलफल । यो भन्नुको अर्थ अब माधव नेपाल–प्रचण्ड–ओली मात्रै बसेर पनि समस्याको सामाधन छैन् यहाँ अर्का नेता झलनाथ खनाल र बामदेव गौतमलाई पनि बायस गर्न नमिल्ने अवस्था सिर्जना भएको छ । नेताहरुबीच एकअर्कालाई विश्वास गर्नै नसक्ने अवस्थामा रहेका कारण अव एक्लाएक्लैको भेटले कुनै सार्थकता नपाउने स्वयम नेकपाभित्र आवाज उठ्न थालेको छ । झण्डै ८ लाख कार्यकर्ता , सयौँ खारिएका नेता भएको पार्टीमा दुई नेताको कानेखुसीले अब पार्टी र सरकार चल्न नसक्ने नेताहरु बताउन थालेका छन् । हुनपनि हो, लोकतन्त्रमा सबैको आवाज सुन्न जरुरी छ, त्यहाँमाथी पार्टीले नै बनाएको प्रधानमन्त्रीले पार्टीमा छलफल गर्दिन्,त्यसलाई सिध्याउछु, तिमिलाई च्याप्छु भन्नु कतिसम्मको जायज कुरा हो ? यो बुझ्न जरुरी छ ।

हाउडे घमण्डले न सरकार चल्छ, न पार्टी

नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टी एकतादेखि नै कसैलाई काखीमै राख्ने र कसैलाई भुईमा नी बस्न नदिने रणनिती अख्तियार गरेको उनिमाथी आरोप लाग्ने गरेको छ । सबैभन्दा समस्या नै उनि मेरो गोरुको बाह्रै टक्का भन्नु हो । आफुबाहेक नेकपा नी नचल्ने र सरकार पनि अघि नबढ्ने हाउडे घमण्ड उनमा रहेको नेताहरु बताउछन् ।  यस्तो रवैयाले पार्टी र सरकार चल्न नसक्ने माधव–प्रचण्डको धारणा पाईन्छ । जसले गर्दा नेकपा अहिले ठुला नेताहरुको व्यवसायिक ग्रुपको रुपमा दर्ज भएको छ । जुन कम्युनिष्ट पार्टीमा घिनलाग्दो अभ्यास हो । पछिल्लो समय भइरहेको विवादले नेकपामा फुट हुने हो की भन्ने आशंका पनि छाउन थालेको छ । यद्यपी एउटा पक्ष नेताहरु सरकार जोगाउन सडकमा आएका छन् भने अर्को पक्ष पार्टी जोगाउन कार्यालय आउन थालेका छन् । यसले अव नेकपामा नेताहरु कतिन्जेल मिलेर बस्न सक्छन ? भन्ने प्रश्न खडा भएको छ ।

पार्टी एकतादेखि पाँच भाईको निरन्तर छलफल,सहकार्य र समन्वय भएको भए यो स्थिती आउने थिएन् । ओलीले आफु प्रधानमन्त्री भएको मात्रै आफ्नै कारण देख्नु,पार्टी नदेख्नु र प्रचण्ड–नेपालले पार्टीमा ओलीलाई सन्तुलनमा राख्न नसक्नु दुवै गलत छन् । यद्यपी अव समय घर्किसकेको छ । अब प्रधानमन्त्री जस्तो व्यक्तिले हावा कुरा नगरी जनताको मर्मअनुसार काम गर्ने, पार्टीलाई पहिलो प्राथामिकतामा राखेर निर्णयहरु गर्न जरुरी छ । कहिले कसलाई कर्नरमा पुर्याउने ? कहिले कसलाई भित्तामा टास्ने भनेर अव पार्टी र सरकार चल्दैन् । यही सल्लाहकार र विज्ञको कुरा सुनेर अघि बढिरहे ओली सरकार त ढल्छ नै उनिमाथी आश गरेर पछि लाग्नेको पनि अवस्था विग्रन सक्छ । त्यसैले ओली सबैभन्दा पहिले त आफै सुध्रनु जरुरी छ ।

ओलीले रोक्नपर्छ २०/५० जनाको हुल

ओलीलाई प्रचण्डले भनेका थिए–सडकमा केही संख्यामा भिड लागिरहेको छ, यो रोक्नुस् । उनले भने–मैले त भिड गर्नु नै भनेको छैन । तर उनको यो कुरा पनि गफाडी हो । अहिले सडकमा उत्रिएका स्वतन्त्र भनिने युवाहरुको जुलुस ओलीनिकट युवाहरु हुन् । जो युवासंघ र अनेरास्ववियुमा छन् । प्रष्टै देखिने त्यो समुहलाई ओलीले परिचालन गरेनन् भन्नु मुर्खताबाहेक अरु केही भन्न सकिदैन । दुधको साक्षी बिरालो भन्नु बाहेक अरु भन्न सकिदैन् । यसले न पार्टीलाई फाईदा हुन्छ न त ओलीको उचाई नै कायम रहन्छ ।

एक अन्तवार्तामा रामकुमारी झाक्रिले भनेको वाक्य यहाँनेर राख्न ठिक होला–’प्रधानमन्त्रीको पक्षमा त देश उल्निुपर्छ, ५० औँ हजारको जुलुश निक्लिनु पर्छ यो त लाज भो । प्रधानमन्त्री कै बेइजज्त भो ।’ हुन पनि हो उनि निकटकाले त भन्लान् यो त ठुलो जुलुश हो । हुटिट्याउले आकाश थाम्छ भन्नु र मैले गरेर मात्रै देश चल्छ भन्नु लिँडे ढिपी बाहेक अरु केहि हुन सक्दैन् । देश चलाउन सहकार्य,समन्वय र सहृदयता नै चाहिन्छ । देश चलाएको गफ त ज्ञानेन्द्रले पनि दिएकै हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस