भारतमा तीन दिनदेखि दैनिक २५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ २७, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २७, काठमाडौं । भारतमा तीन दिन यता लगातार २५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म एकै दिन २७ हजार ७२८ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार ५७० पुगेको छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।

तीन दिनमा मात्रै भारतमा ७८ हजारभन्दा बढी संक्रमित भएका छन् । बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार बिहान २५ हजार ८०३ जना संक्रमित भएका थिए । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २२ हजार १४४ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस