बाढी पहिरो पीडितलाई विद्यालय भवनमा राखिने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २७, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २७, काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरो पीडितहरूलाई उद्धार गरी सार्वजनिक भवन तथा विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले शनिबार सरोकारवालासँग बाढी, पहिरो पीडितहरूको उद्धारबारे छलफल गरेको हो ।

तत्काल उद्धार, राहत र पुर्नस्थापनाका विषयमा सरोकारवालाहरूसँग छलफल गरेको परिषद्का कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । प्राकृतिक विपद्बाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुर्नस्थापना गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरू सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस