राजधानीमा छिट्टै साझा बस चल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २७, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २७, काठमाडौं । काठमाडौं उपत्यकामा छिट्टै साझा बस सञ्चालन हुने भएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा साझा बस सञ्चालन गर्ने जानकारी दिएका छन् । उनले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने बताएका छन् ।

सरकारले तोकेको मापदण्ड पालना गर्दै बस सञ्चालन हुन लागेको हो । सार्वजनिक यातायात व्यवसायीले सरकारले आफ्नो माग पूरा नगरे बस सञ्चालन नगर्ने बताइरहेका बेला साझाले सिमित स्थानमा बस सेवा सञ्चालन गर्न लागेको हो । साझाले ४ महिनादेखि पार्किङ गरेर राखेका बस मर्मतको काम थालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस