जाजरकोट पहिरोमा हराएका ७ जनाको शव भेटियो, ७ अझै बेपत्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २७, शनिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २७, जाजरकोट । जाजरकोटको अविरल बर्षाका कारण बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परि सात जनाको मृत्यु भएको छ भने छुटाछुटै स्थानमा सात जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका ४ जिरीको सार्कीटोलमा विहिवार राती पहिरोले दुई घर बगाउदाँ बेपत्ता भएका १२ जना मध्य ७ जनाको शव फेला परेको छ ।

बारेकोट गाउँपालिका ४ जिरी सार्कीटोलमा पहिरोले दुई घर बगाउदाँ बेपत्ता भएका १२ मध्य ७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा परि ५२ बर्षिय गोपाल सार्की, उनका ११ बर्षिय छोरा अर्जुन सार्की,कलु सार्की दिदिको घरमा पाहुन आएका कुशे ९ चौराटाका २० बर्षिय डिल्ली सार्की र १८ बर्षिय बिरेन्द्र सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले बताए ।

पहिरोमा परि बेपत्ता कलु सार्कीकी १४ बर्षिय छोरीतिर्खा सार्कीको शब फेला परेको प्रहरीले जनाएको छ भने दुई जना महिलाको शवको पहिचान खुल्न सकेको छैन । पहिरोमा बेपत्ता भए ७ जनाको खोजि कार्य भईरहेको प्रहरी प्रमुखश्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस