बाढी पहिरोबाट एक महिनामा ८८ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २८, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २८, काठमाडौँ । बाढी र पहिरोको प्राकृतिक विपत्तीमा परी विगत एक महिनायता ८८ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोजन्य घटनामा परी अझै ३२ जना बेपत्ता रहेका छन् । जेठ ३० गतेदेखि आजसम्म विभिन्न १९ जिल्लामा बाढी र पहिरोमा परी ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

जस अनुसार सबैभन्दा धेरै म्याग्दीमा हिजो गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । त्यहाँ अझै चार जना हराइरहेका छन् । सिन्धुपाल्चोकमा गएको पहिरोमा तीन जनाको मृत्यु भएको छ । अझै २० जना बेपत्ता रहेका छन् । जाजरकोट पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । छ जना अझै बेपत्ता छन् ।

त्यस्तै, कास्कीमा गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । त्यसअघि पर्वतको पहिरोमा नौ जनाको र बझाङको पहिरोमा सात जनाको मृत्यु भएको छ । अझै एक बेपत्ता छन् । पाल्पामा चार जना र गुल्मीमा पाँच जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस