‘नेपालमा कोरोना संक्रमण दर घट्यो भनेर ढुक्क हुने अबस्था छैन’ : डा. शेरबहादुर पुन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २८, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असार २८, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अन्तर्गत क्लिनिकल रिसर्च यूनिटका संयोजक डा शेरबहादुर पुनले नेपालमा अहिल्यै संक्रमण दर घट्यो भनेर भन्न नमिल्ने बताएका छन् । डा पुनले ‘घट्यो’ भनेर भन्न नमिल्ने बताउँदै घट्ने र बढ्ने अबको तथ्यांकले निर्धारण गर्ने औंल्याए ।

डा पुनले नेपालमा कोरोना संक्रमणलाई ‘परीक्षण’ र ‘भारतबाट भित्रिनेको चाप’ गरी दुई फ्याक्टरले निर्धारण गर्ने बताए । यसैगरी डा पुनले ‘मास्क’, ‘स्यानीटाईजर’ र ‘सामाजिक दूरी’लाई आत्मसाथ गरेको खण्डमा कोरोनाबाट बाँच्न सकिने बताए । उनले यी तीन कुरालाई आत्मसाथ गरेको खण्डमा घटेको अनुपात पुनः नबढ्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस