रुपन्देहीमा सार्वजिनक बस चलाउन सुरु , सर्वसाधारण लाभान्वित

Post Thumbnail

असार २८,रुपन्देही । रुपन्देहीमा आइतबारदेखि सार्वजिनक बस सञ्चालनमा आएको छ । लकडाउन सुरु भएपछि साढे तीन महिनासम्म ठप्प सार्वजनिक बस रुपन्देहीमा पहिलोपटक लुम्बिनी मेट्रोसिटी प्रालिले सुरु गरेको हो । आइतबार बिहान बुटवलको गोलपार्कबाट भैरहवासम्म ४६ सिटे वातानुकलित बसहरु चल्न थालेका हुन् ।

सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर प्रा.लिले दैनिक ८ वटा वातानुकूलित बस आधा घण्टाको फरकमा चलाउन थालेको प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले बताए । ‘बसका सहचालकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र थर्मल गनको व्यवस्था गरी यात्रुको ज्वरो नापेर, यात्रुलाई मास्क र सेनिटाइजर अनिवार्य गरी यातायात सेवा सुचारु गरिएको हो,’ प्रालिका अध्यक्ष अधिकारीले भने, ‘प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसँग छलफल गरेर बर्दघाटसम्म पनि यातायात सञ्चालन गर्ने तयारी छ ।’

कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो होस् भनेर बसमा यात्रा गर्नेको नाम ठेगाना र मोबाइल नम्बर रजिस्टरमा टिपोट गरेर अनिवार्य राख्ने व्यवस्था समेत गरिएको छ । चलाउनुअघि बस पूर्णरुपमा डिसइन्फेक्सन गरिने, ४६ सिटे बसमा बढीमा २३ जना यात्रु मात्र राखेर सामाजिक दूरी कायम गरिने अधिकारीले बताए । सार्वजनिक यातायात सेवा सुचारु भएपछि निजी सवारी साधन नहुने सर्वसाधारण लाभान्वित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस