धार्के पुल पैदलयात्रीमैत्री नभएपछि झोलुङ्गे पुलमा जोखिमपुर्ण आवातजावत !

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७५ भाद्र १२, मंगलबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

भाद्र १२,धादिङ । धार्के–सितापाईला सडकखण्ड अन्तगर्त धुनिवेशी नगरपालिकाको वडा नम्बर ५ र ६ जोड्ने पुल पैदलयात्रीमैत्री नभएपछि सर्वसाधारणले सास्ती पाएका छन । लामो समयदेखि पुल बन्ने आशामा रहेका स्थानियवासीले पुलको प्रयोग भने ढुक्क तरिकाले गर्न पाएका छैनन् । ठेक्का दिएको झण्डै आधा दशक भन्दा बढी समय लगाएर बनाएको पुलको दाँयावाँया पैदलयात्री हिड्न मिल्नेगरी नवनाउदा सर्वसाधारण छेउमै रहेको जिर्ण अवस्थाको झोलुङ्गे पुलबाट हिड्न बाध्य भएका हुन ।

बर्षाको समयमा पुलमा सडकमा बगेको भेलका कारण पुलमा सवारीसाधन समेत आवातजावत गर्न सक्ने अवस्था नभएको स्थानिय राजन रेग्मीले बताए । उनले भने पछिल्लो समय पुलको मुखैमा रहेको खोल्साबाट आउने पानीढलको व्यवस्था हुन नसक्दा नयाँ पुलको साथै पुरानो झोलुङ्गे पुल समेत जगैदेखि भत्किने अवस्थामा रहको छ, ठेकेदारको लापरवाहीले यो अवस्थामा पुर्याएको उनको दावी छ ।

स्थानियवासी र सारोकारवाला सबै भेला भएर ठेकेदारलाई अनुरोध गर्दापनि पटकपटक वेवास्ता गर्दै आएको धुनिवेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण रेग्मीले अनलाईन केन्द्रलाई बताए । उनले भने सात बर्षपछि बनेको पुल पनि यस्तो अवस्था छ, हामीले पहिला पनि यसबारे ठेकेदारलाई भनेका थियौँ, बर्षा बित्न लाग्दा समेत काम भएन । वडाध्यक्ष रेग्मीले यसबारे ठेकेदारलाई सोध्दा सडक विभागलाई दोष देखाउने काम भएको भन्दै गैर जिम्मेवारी प्रस्तुत भएको बताए ।

२५ बर्ष पुरानो झोलुङ्गे पुलमा जोखिमपुर्ण आवातजावत

कुनै समय किसानले यस्तो अपेक्षा गरेका थिए नयाँ पुल बनेपछि पुरानो झोलुङ्गे पुलको यात्रा गर्न पर्दैन तर सोचेको जस्तो भएन । पुल त बन्यो तर पैदल यात्रु हिड्न नमिल्नेगरी । यसपालीको बर्षामा स्थानियले गाडी पनि आवातजावत गराउन सकेनन् । दर्जनौ गाडी पुलकै आडमा रोकिए । नयाँ पुलमा हिड्न नपाएका सर्वसाधारण पुरानै झोलुङ्गे पुल प्रयोग गर्न बाध्य भए । एकातिर २५ बर्ष पुरानो पुल, अर्कोतिर ठुलाठुला तरकारीको भारी बोकर आवातजावत गर्नपर्ने, किसानहरु एकै स्वासमा पुल तर्ने गर्दछन । स्थानिय भगवती रुपाखेतीले भनिन । नयाँ बनेको पुलमा दाँयावाँया पैदल यात्रु हिड्न नपाएपछि जोखिम मोलेरै पनि दैनिक सयौ मानिस जिर्ण झोलुङ्गे पुल तार्न बाध्य छन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस