राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना हुने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ अषाढ २८, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २८, काठमाडौं । विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल भरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई सहभागी गराई अन्तरराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा नेपाल युवा परिषदले आयोजना गर्न लागेको छ ।
सो राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको छ र यस सम्मेलन राजधानीमा आगामी अगष्ट ९, १०, ११ र १२, २०२० अर्थात श्रावण २५, २६, २७ र २८, २०७७ सम्म भर्चुअल रुपमा चल्नेछ ।

कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गर्न लागिएको नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस