विमस्टेक सुरक्षा : खुलामञ्चमा चार दिन गाडी पार्किङ निषेध, गाडी चढ्न नयाँ बसपार्क जानुपर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र १२, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र १२, काठमाडौं । खुलामञ्चमा सोमबारदेखि चार दिन गाडी पार्किङ गर्न नपाइने भएको छ ।

खुलामञ्चमा रहेको बसपार्क मर्मत गर्नका लागि चार दिन त्यहाँ पार्किङ गर्न रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । खुलामञ्चमा पार्किङ गरेर छुट्ने सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत जिल्लाका गाडीलाई अब नयाँ बसपार्कबाट छुट्ने व्यवस्था मिलाइएको छ ।

तर यात्रुले बसको टिकट लिन भने खुलामञ्च मा नै गएर लिनु पर्ने हुन्छ । खुलामञ्चमा टिकट लिएर बस चढ्न यात्रु नयाँ बसपार्कमा पुग्नु पर्नेछ । यसले गर्दा यात्रुलाई भने हैरानी हुने भएको छ ।

यस्तै खुलामञ्चबाट छुट्ने काठमाडौं उपत्यकाका गाडीलाई भने पार्किङ नगरी गाडी घुमाएर यात्रु चढाउने र झार्ने व्यवास्था मिलाइएको छ ।

यसअघि पुरानो बसपार्कमा सुविधासम्पन्न टावरको निर्माण गर्न भन्दै उपत्यका र अरनीको राजमार्ग भएर चल्ने गाडीको पार्किङ खुलामञ्च सारिएको थियो । तर खुलामञ्चमा पनि मर्मत हुने भए पछि पार्किङमा रोक लगाइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस