पहिलो पटक दलित समुदायबाट नेपाल सरकारको सचिवमा विश्वकर्मा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ अषाढ ३०, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ३०, काठमाण्डौ । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । विश्वकर्मा दलित समुदायबाट पहिलो व्यक्ति नेपाल सरकारको सचिव पदमा पुगेका हुन् ।

विश्वकर्मा पाल्पा जिल्लाको साबिकको देउराली गाविसमा जन्मिएका हुन् । उनी ०४७ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । उनले माइक्रोफाइनान्समा पिएचडी गरेका छन् । विश्वकर्माले पछिल्लो समय कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव भएर काम गरेका थिए भने केही महिना अघि मात्रै युवा तथा खेलकुद मन्त्रालयमा सरूवा भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस