चन्द्र ढकाल भन्छन्-‘चुनाव हाम्रो प्यानले जित्छ,जितेर गोल्छा टिमकै सदस्य हुने हो’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ ३०, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ३०, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि बरिष्ठ उपाध्यक्षसहितका पदमा चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यो प्यानलबाट ढकाल बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार बन्नेछन् । उनले आफ्नो प्यानल विजयी हुने दावी पनि गरिरहेका छन् । ढकाल समूहले बुधबार कार्यक्रम गरेर प्यानल घोषणा गरेको हो ।

ढकालले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्का प्यानललाई सहयोग गर्न खोजेको भन्नेतर्फ संकेत गर्दै चुनाव जितेर गोल्छाकै टिमको सदस्य हुने बताए । यद्यपि उनले गोल्छाको भूमिकाको विषयमा भने असन्तुष्टि जनाएका छन् ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नुपर्छ भन्ने पक्षमा आफू उभिएको भन्दै उनले आफूले यस विषयमा नलागेको भए अवस्था फरक हुने बताए । गोल्छाले बरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधान समूहलाई सर्मथन गर्ने संकेत गरिसकेका छन् । ढकालले भने गोल्छालाई विगत सम्झन भनेका छन् । ढकाल हाल महासंघको उपाध्यक्ष हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस