भरतपुर विमानस्थल विस्तारका लागि ब्यारेक हटाउने सहमति

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ श्रावण १, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १, भरतपुर । भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेक स्थानान्तरण गर्ने सहमति जुटेको छ । नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थललाई आन्तरिकतर्फको क्षेत्रीय विमानस्थल बनाउने गरी गुरुयोजना अगाडि सारिरहेका बेला भरतपुरमा सेनाको ब्यारेक सार्ने निर्णय भएको हो ।

भरतपुर विमानस्थल विस्तारको योजना सङ्घीय सरकारको नीति तथा कार्यक्रममा पनि परेको छ । भरतपुर महानगरले बुधबार राखेको छलफलमा सेनाको ब्यारेक सार्ने सहमति भएको हो ।
बैठकमा जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, विमानस्थल प्रमुखसहितको सहभागिता थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस