सुनको तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण १, बिहिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन १, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु १०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस