थप १ सय ६७ जनामा कोरोना संक्रमण, ११ हजार २४९ डिस्चार्ज !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १, बिहिबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

साउन १, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १६७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबार थप १६७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१३ जनाले कोरोना जितेका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार दुई सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ८१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो । अहिले क्वारेन्टाइनमा २३ हजार पाँच सय रहेका छन् । आइसोलेसनमा ६ हजार ५६ जनाको उपचार भइराखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस