‘दुवै पदबाट मरिकाटे राजिनामा दिन्न, सकेको गर्नुस्, चुनौती भयो’ : प्रधानमन्त्री ओली

साउन १, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट कुनै हालतमा राजिनामा नदिने प्रष्ट पारेका छन् । उनले सकेको गर्न आफ्ना विरुद्धमा रहेका नेताहरुलाई चुनौती दिएका छन् ।

ओलीको कार्यशैली र अभिव्यक्तिले पार्टी र सरकार दुबै संकटमा परेको निष्कर्ष निकाल्दै आएका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ओलीले सकेको गर्न चुनौती दिएका हुन् । विवादको समाधान खोज्न भन्दै आफूसँग छलफल गर्न बालुवाटार पुगेका दाहाल र नेपाललाई उनले आफू स्थायी कमिटी मात्र होइन पार्टीका सबै कमिटी फेस गर्न तयार रहेको तर राजिनामा भने नदिने जवाफ दिएका स्रोतले जानकारी गराएको छ ।

संम्बन्धित समचार

Leave a Reply