ओलीको गैरजिम्मेवार अभिव्यक्तिहरुले कुटनीतिक सम्बन्ध बिग्रॅदै गयो-कांग्रेस नेता कोइराला

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण १, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको गैरजिम्मेवार अभिव्यक्तिहरुले कुटनीतिक सम्बन्ध बिग्रॅदै गएको बताएका छन्।
नेपाल ईम्ब्रोडेरी तथा हेण्डीक्राफ्ट सिलाई बुनाई श्रमिक संघ बिराटनगरको अधिवेशनको कार्यक्रममा कांग्रेस नेता कोइरालाले भने– ‘बोल्दा–बोल्दा केही दिन पहिले अयोध्या नेपालमा पर्छ भनेर बोलिदिनु भयो तर यो कुराको आधार र प्रमाण दिन सक्नुभएन।’

उनले प्रधानमन्त्री आज भोलि के के बोल्नु हुन्छ थाहा हुन छाडेको भन्दै जिम्मेवार व्यक्तिले बोल्दा बिचार गर्नुपर्ने, आधारहीन र तथ्यहिन कुरा गर्न नहुॅने बताए।
‘प्रधानमन्त्रीले जति सक्यो कम बोल्ने हो जे मन लाग्छ बोल्दै हिड्ने होइन’ कोइरालाले भने। ओलीको पछिल्लो अभिव्यक्तिले भारत र नेपाली जनताबीचको आपसी सम्बन्ध बिगार्ने काम गरेको समेत बताए।

मोरङ कांग्रेस सभापती डिग बहादुर लिम्बु र प्रदेश सभा सदस्य केदार कार्कीले सरकार काममा भन्दा भ्रष्टाचारमा लागेको बताए।
कार्यक्रममा तत्कालीन एमालेको जिफन्टमा आबद्ध १ सय ५० जना कांग्रेसमा प्रवेश गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस