नेपालमा कोरोना संक्रमित निको हुने दर बढ्यो,दुई तिहाई संक्रमणमुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ४, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाण्डौ । नेपालमा अहिलेसम्म साढे १७ हजार जनामा कोरोना भाइरस संक्रमण भए पनि सक्रिय संक्रमित भने ५ हजार ८२५ जनामात्र छन् । अर्थात् दुई तिहाइ संक्रमित संक्रमणमुक्त भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ११ हजार ६३७ जना निको भइसकेका छन् । ४० जना संक्रमितको भने मृत्यु भएको छ ।

एक साताको अवधिमा सक्रिय संक्रमित २ हजार ४१४ जना डिस्चार्ज भएका छन् । अहिलेका सक्रिय संक्रमितमध्ये प्रदेश १ मा ७९ जना, २ मा १ हजार ८४४, बाग्मती प्रदेशमा ४११, गण्डकी प्रदेशमा ४०८ जना आइसोलेसनमा उपचाररत छन् । प्रदेश ५ मा ४१४ जना, कर्णाली प्रदेशमा ३१७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३५२ जना आइसोलेसनमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छैन र अधिकांशको स्वास्थ्य अवस्था सामान्य छ। हिजो शनिबार थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । आजको दिनमा देशभरका क्वारेन्टिनमा २३ हजार २७५ जना छन् भने आइसोलेसनमा ५ हजार ८२५ जना । हालसम्म देशभर ३ लाख ११ हजार ८२९ जनाको आरटी–पिसिआर प्रविधिमार्फत कोरोना परीक्षण गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस