एसियाड भलिबलः नेपालद्धारा मंगोलिया पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र १२, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र १२,काठमाडौँ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ । गोर बुलुनगन स्टेडियममा मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियामाथि ३–१ को जित निकालेको हो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पहिलो सेट २८–२६ ले गुमाएको थियो । तर, त्यसपछि खेलमा पूनरागमन गरेको नेपालले दोस्रो सेटमा २५–१६ को सहज जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा नेपाल ३०–२८ ले विजयी हुन सफल भयो । चौथो सेटमा खेलमा पछि परेर पनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै २५–१९ को जित निकाल्न सफल भयो ।

समूह चरणमा चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको नेपालको एसियाड भलिबलम यो पहिलो जित हो । एसियाडको नियमअनुसार सहभागी २० टोलीको वरीयता निर्धारणका लागि पराजित टिमहरुबीच पुन खेल खेलाउने गर्दछ । नेपालले १३औं देखि १८औं वरीयताको लागि खेलेको हो । यो वरीयताका लागि नेपालसँगै मंगोलिया, काजकस्तान र किर्गिस्तान रहेका छन् ।

नेपालले अब श्रीलंका र भियतनाममध्ये एक टोलीसँग खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस