बिरामी लिएर आएको सिम्रीक एयरको हेलिकप्टर धुनिवेशीमा आकस्मिक अवतरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ४, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

-रमेश आचार्य                     

साउन ४,काठमाडौँ । गोरखाको चुङ्निमी गाँउपालिका लामा गाउँबाट बिरामी लिएर आएको सिम्रीक एयरको हेलिकप्टर काठमाडौ आउन नसकेपछि धादिङको धुनिबेशी ६ , चालिसेमा आकस्मिक अवतरण भएको छ । पहिरोमा परेर गम्भिर चोट लोगेको बालक ९ वार्षिय छिरिङ छोदेनलाई उपचार गर्न काठमाडौँ ल्याउन लागेको बताइएको छ ।

९ एन एकेडी हेलिकप्टर चालिसेमा अवतरण गरिएको हो । बिहानैदेखिको बर्षा र मौसम खरावी भएपछि हेलिकप्टर चालिसेमा रहेको खुल्ला चौरमा अवरतरण गरिएको हो । मौसममा सुधार आएपछि सो हेलिकप्टर काठमाडौँ उत्रने बताइएको छ ।

यद्यपी पाईलटका अनुसार अझै केही २/४ घण्टा उड्न नसकिने बताइएको छ । बालकको अवस्था गम्भिर रहेको र मौसम छिट्टै सफा नहुने भएपछि अहिले एम्बुलेन्समा राखेर काठमाडौँ ल्याउने तयारी भईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस