भाद्र १२,डडेल्धुरा । सरमुकाम नजिकैको आइतबजारमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
देबल दिव्यपुरबाट सदरमुकामतर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर केसीले जानकारी दिए ।
जीपमा चालक सहित १४ जना रहेको प्रहरीले जनाएको छ भने दुर्घटनाको कारण भने खुल्न सकेको छैन । जीप सडकबाट तल ४० मिटर खसेको प्रहरीको अनुमान रहेको छ ।
उद्धारको लागि घटनास्थलमा प्रहरी पुगिसकेको र घाइतेलाई उपचारको लागि उप–क्षेत्रीय अस्पताल ल्याइंदै गरेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।