सोमबारदेखि खुल्ने भयो सार्वजनिक यातायात

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ४, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

साउन ४,काठमाडौँ । व्यवसायीहरु सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् ।

सरकारले असार २६ गते नै छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेपनि व्यवसायी मानेका थिएनन् । मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत भएका हुन् ।

आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले भोलिबाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्न आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस