मौद्रिक नीतिले उत्साहित शेयर लगानीकर्ता , ६ प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण ४, आईतबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन ४,काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारमा सेयर बजार सकारात्मक सर्किट ब्रेक लागेको छ ।

आइतबार ६ प्रतिशतले बढेर सर्किट ब्रेक लागेपछि दिनभरकै कारोबार रोकिएको छ । यस अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक ८४.२६ अंकले बढेको छ । सेयर बजारमा कारोबार हुने उपसमूहमध्ये म्युचल फण्डबाहेक सबै उपसमूहको परिसूचक बढेको छ ।

कारोबार खुलेको ६ मिनेटमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि कारोबार रोकिएको थियो । २० मिनेटपछि खुलेको बजारमा केहिबेरमै ५ प्रतिशतले वृद्धि भयो ।

त्यससपछि ४० मिनेट बन्द गरियो । दोस्रो पटक सर्किट ब्रेकपछि खुलेको १ मिनेटमै ६ प्रतिशतले बढेपछि दिनभरका लागि बजार बन्द गरिएको हो । अब सेयर कारोबार सोमबार मात्र हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस