आज थपिएका १ सय ५६ जना संक्रमित कुन-कुन जिल्लाका हुन् ? (जिल्लसहित हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ४, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ। गत २४ घन्टामा १ सय ५६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । कोशी अस्पताल विराटनगरमा सुनसरीका १, गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा सप्तरीका ३२ र सिरहाका १ जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पताल विरगञ्जमा पर्साका ७ र बाराका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका २३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका १, ललितपुरका २ र मोरङका १ जनामा कोरोना भेटिएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा सर्लाही र रौतहटका २÷२, मकवानपुरका १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कास्की र लमजुङका ६÷६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घन्टामा गरिएको परीक्षणमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका १, म्याग्दीका ६, स्याङजाका २ र पर्वतका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका २ र प्यूठानका १ जनामा कोरोना पाइएको छ । यस्तै, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका ५, बर्दियाका १० र दाङका ५, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नवलपरासीका १०, सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका १ जनामा कोरोना भेटिएको छ ।

डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका २, सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा कैलालीका २४ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए । कोरोनाको आशंकामा मुलुकभर गत २४ घन्टामा ३ हजार ७ सय ४१ जनाको पिसिआर परीक्षण भएको छ। मुलुकभर हाल ५ हजार ९ सय २३ जना अस्पतालको आइसोलेसनमा र २२ हजार ६ सय ६२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस