धुनिवेशी नगरको केन्द्र र जग्गा खरिद बिषय अध्ययन गर्न कोईरालाको नेतृत्वमा समिती गठन !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण ५, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

सम्वाददाता

साउन ५, धुनिवेशी । धादिङ धुनिवेशी नगरपालिकाको जग्गा खरिद प्रकरणमा नेपाली कांग्रेस धुनिवेशी नगर समितीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । धुनिबेशी नगरपालिका वडा नम्बर ९ जुगेडीमा खरिद गरिएको जग्गा अनियमितता भएको भनेर बिभिन्न सञ्चार माध्यममा आएकोप्रति ध्यानाकर्षण जनाउँदै सत्य, तथ्य सार्वजनिक गर्न नेपाली काँग्रेस धुनिबेशी नगर समितिले एक समिती नै बनाएको छ ।

गत स्थानिय तहको निर्बाचनमा उपप्रमुख पदका प्रत्यासि अप्सरा कोईरालाको संयोजगत्वमा  अध्ययन समिती बनाईएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । यसमा सत्य, तथ्य जानकारी दिन सबैमा अनुरोध पनि गरिएको छ । धुनिवेशी नगरपालिकाको केन्द्र जुगेडीमा बन्न लागेको भवन तथा जग्गाको बिषयमा भ्रामक समाचार प्रचारभएको भन्दै केहि दिन अगाडी नगरपालिकाले पनि बिज्ञप्ती जारी गरेको थियो । नगरपालिकाको केन्द्र रहने स्थान र जग्गा खरिद सम्बन्धि बिषयमा भ्रमपूर्ण समाचार आएकोप्रति नगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको प्रेस बिज्ञप्ती मार्फत जनाएको थियो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस