भाद्र १३, काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलका पिता बाबुराम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
“नेपालको प्रगतिशील र लोकतान्त्रिक आन्दोलनमा बर्दिया र बाँकेमा रहेर स्व पौडेलले लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदान सधै अविस्मणीय रहने छ”, उनले मंगलबार जारी गरेको शोक सन्देशमा उल्लेख छ ।
मुख्यमन्त्री पोखरेलले स्वर्गीय पौडेलप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
बाँके कोहलपुर नगरपालिका–१२ चप्परगौडीका ७१ वर्षीय पौडेलको उपचारका क्रममा भारतको लखनउस्थित सञ्जय गान्धी अस्पतालमा यही भदौं १० गते निधन भएको थियो । घाँटीमा समस्या देखिएपछि उहाँ विगत केहि दिनदेखि सो अस्पतालमा उपचार गराउँदै आइरहेका थिए ।