लमजुङमा पहिरोले १८ घर पुरिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ७, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ७, लमजुङ । उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीमा बुधबार बिहान पहिरो आउँदा १८ घर पुरिएका छन् । पहिरोमा परेर ३ जना घाइते भए पनि अन्य मानवीय क्षति नभएको गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले बताए ।

उक्त गाउँमा झण्डै ८० घर रहेका छन् । पहिरोका वरिपरि रहेका अन्य घरहरू अहिले जोखिममा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस