‘के मा चित्त दुख्यो माया ले’ पूजा क्षेत्रीको तीज गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । सुमधुर स्वरकी धनी गायिका पूजा क्षेत्री र सदाबहार गायक राजु परियारको आवाजमा तयार पारिएको तीज गीत ‘के मा चित्त दुख्यो माया लै’ भर्खरै मात्र बजारमा आएको छ । शिव हमालको शब्द र सङ्गीतमा तयार भएको उक्त गीतमा कृष्ण विक ‘भान्जा’को एरेन्ज रहेको छ । हरितालिका तीज आउन अझै महिना दिन बाँकी छ । यद्यपि गाउँ–सहरमा भने तीज गीत घन्किन थाली सकेका छन् । त्यसो त तीजसँग गीत–सङ्गीतको पनि खास नाता जोडिएको छ । महिलाहरूले वर्ष भरी आफ्नो घरमा भोगेका दुःख पीडाका कुरा गीतमार्फत पोख्ने परम्परा रहेको छ । तीजले आफ्नै शैली, भाका र मिठास बोकेको छ ।

बद्लिँदो समयसँगै तीज गीतको शैली पनि फरक देखिन थालेको छ । विगतमा महिलाहरूले आफूमाथिको अन्याय अत्याचार गीत मार्फत पोख्थे भने अहिले तीज गीत र शैलीमा महिलाहरूको स्वतन्त्रताको अभिव्यक्ति पाइन्छ । त्यस्तै गायिका पूजाले पनि यो वर्षको तीज गीत ‘के मा चित्त दुख्यो माया लै’ बजारमा ल्याएकी हुन् ।

सो गीतमा अञ्जली अधिकारी र रामजी खाँणको अभिनय र नृत्य देख्न सकिन्छ । गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायाङ्कन गरेका छन् । प्रविन भट्टले सम्पादन गरेका छन् भने मौसम हिमालीले निर्देशन गरेका छन् ।
भिडियो हेर्नुस् :

https://youtu.be/QfFlYiBNrXE

संम्बन्धित समचार

Leave a Reply