नेपालमा थप दुई जनाको कोरोनाका कारण मृत्यु,मृतकको संख्या ४२ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ७, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन ७, काठमाण्डौ । कोरोना संक्रमण भएका थप दुई जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धनुषाका ६० वर्षीय पुरुष र चिनियाँ नागरिक ४९ वर्षीया महिलाको मृत्यु भएको बताए । जनकपुर उपमहानगरपालिका बस्ने पुरुषलाई खोकी, उच्च ज्वरो र स्वाशप्रश्वासमा समस्या भएपछि २ साउनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । भेन्टिलेरटरमा राखेर सघन उपचारकै क्रममा मंगलबार उनको निधन भएको गौतमले बताए ।

त्यसैगरी पोखरामा काम गरेर बस्ने चिनियाँ नागरिक विरामी भइ मणिपाल अस्पताल भर्ना गरिएकोमा उनको अवस्था जटिल भएपछि २ साउनमा हेलिकोप्टरमा ग्राण्डी अस्पताल काठमाडौंमा ल्याएर उपचार गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा बुधबार उनको निधन भएको गौतमले जानकारी दिए । थप दुई जनाको मृत्यु भएसँगै कोरोना संक्रमण देखिएर निधन हुनेको संख्या ४२ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस