विरगञ्जमा कोरोना संक्रमित बृद्धको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

Post Thumbnail

साउन ८,काठमाडौँ विरगञ्ज । वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ । विरगञ्ज महानगरपालिका वडा नं. ६ माइस्थान घर भएका वर्णवालमा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जका संयोजक डा. उदय नारायण सिंहले पुष्टि गरे । उनलाई स्वास–प्रस्वासको समस्या थियो ।

मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको उनको भनाइ छ । ‘उहाँमा यसअघि छाती, मुटुको समस्या थिएन, ट्राभल हिष्ट्री पनि छैन,’ उनले भने, ‘कोरोनाकै कारण मृत्यु भएको हो । कोरोना कम्युनिटी लेभलमा गइसकेको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस