पूर्वडिआइजी कोइराला जेलबाट छुटे

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ श्रावण ८, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ८,काठमाडौँ । श्रीमतीको हत्या गरेको कसुरमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइराला बिहीबार जेलबाट छुटेका छन्। सर्वोच्च अदालतले जन्मकैदको फैसला ‘चर्को पर्न जाने’ भन्दै कैद सजाय घटाइदिएपछि उनी जेलबाट छुटेका हुन्।

आठ वर्ष ६ महिना कैद सजाय भुक्तान भएपछि कोइरालालाई थुनामुक्त गरेको डिल्लीबजार कारागारका जेलर गणेश आचार्यले जानकारी दिए। कोइरालाले साढे ८ वर्षअघि श्रीमती गीता ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्‍याई पेट्रोल छर्केर जलाएका थिए। गीताले नै रिस उठाएका कारण मारेको भन्दै सर्वोच्चले उनलाई जिल्ला र पुनरावेदन अदालतले गरेको सर्वस्वसहितको जन्मकैद सजाय घटाइदिएको हो।

श्रीमती मारेका कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले ‘सर्वस्वसहित जन्मकैद चर्को हुने’ बताउँदै कैद सजाय घटाएको थियो। जिल्ला र पुनरावेदन अदालतले कोइरालालाई दोषी ठहर गरेको फैसला मिले पनि सर्वस्वसहित जन्मकैदको सजाय नमिलेको सर्वोच्चको तर्क छ कोइरालालाई जन्मकैदको सजाय घटाएर प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले ८ वर्ष ६ महिनामा झारेको थियो।

अब के डर भयो र ?

श्रीमती गीता ढकालको हत्या गरी सर्वस्‍वसहित जन्मकैदको सजाय तोकिएका पूर्व-डिआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको पीडित परिवारले बताएको छ। सर्वस्‍वसहित जन्मकैदको सजाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे ८ वर्षमै सजाय पूरा हुने फैसला गरेपछि पीडित परिवारले यसबाट समाजमा राम्रो सन्देश प्रवाह नहुने बताएको हो।

मान्छे मारेको घटनामा जन्मकैद तोकिएका व्यक्तिलाई सर्वोच्च अदालतले नै ८ वर्षमा सजाय पूरा हुने फैसला गरेपछि समाजमा अपराध बढ्ने उनले बताए। ‘मान्छेलाई मारे पनि हुने रहेछ भन्‍ने सन्देश गयो। अब के डर भयो र ? , उनले भने, ‘जघन्य अपराधमा कानुनले तोकेको सजाय सर्वोच्चले घटाउँदै जान्छ भने यस्तो न्यायालयको त्रुटिले समाजमा राम्रो सन्देश जाँदैन।’

ताजा अपडेट

खोजी गर्नुहोस