बिहीबार नेप्से १० दशमलव १३ अङ्कले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण ८, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ८,काठमाडौँ । नेप्से परिसूचक परिसूचकाङ्क बिहीबार १० दशमलव १३ अङ्कले बढेको छ । बुधबार साढे १७ अङ्कले घटेको परिसूचक बिहीबार बढेर १४ सय ४२ दशमलव ६१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । बिहीबार एक अर्ब ३२ लाख ७१ हजार रुपैयाँ बराबरका ३३ लाख ९२ हजार कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम भने बुधबारको भन्दा कम हो । बुधबार एक अर्ब ५३ करोड रुपैयाँ बराबरका शेयर कारोबार भएको थियो ।

विकास बैंक र म्युचल फण्डबाहेक बिहीबार सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक १८५ दशमलव ७ र जीवन बीमा समूहको उपसूचक १५४ दशमलव ६७ अङ्कले बढेको छ ।

बिहीबार दिनभर सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ११ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० करोड २९ लाख रुपैयाँ र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको आठ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

तारागाउँ रिजेन्सी होटल लिमिटेड र मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडका शेयर लगानीकर्ताले बिहीबार सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । ओरिएन्टल होटल लिमिटेड, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले पनि झण्डै १० प्रतिशत कमाएका छन् । मल्टिपर्पोज फाइनान्स लिमिटेडका शेयर लगानीकर्ताले भने ५ दशमलव ३६ अङक गुमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस