भाद्र १३,सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्ने तयारी गरेको छ ।
प्रदेशको शान्ति सुरक्षाका लागि जनशक्ति अभाव भएकोले प्रदेश प्रहरी गठन गर्ने तयारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिए ।
कर्णालीमा अमानवीय र विकराल समस्याको रुपमा रहँदै आएको छाउपडीपछि गोठमा बस्नुपर्ने अवस्था, लागू औषध नियन्त्रण गर्न र जनताको सुरक्षा योजना कार्यान्वयन गर्न प्रहरी प्रहरीले काम गर्ने उनको भनाइ छ ।
प्रदेशको सबै सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने गरी काम भइरहेको भन्दै मन्त्री भण्डारीले प्रदेश प्रहरीका लागि भौतिक पूर्वाधार निर्माणको काम समेत सुरु गर्ने लागिएको जानकारी दिएका छन् ।
मन्त्री भण्डारीले प्रदेश सरकारल प्रदेश प्रहरीसहित अनुसन्धान व्यूरो, तालिम केन्द्र, सिमानासँग जोडिएका चौकीहरु तथा विभिन्न जिल्लाका कारागारहरु लगायतका पूर्वाधार निर्माण गर्न लागिएको जानकारी दिए ।