गलत दिशामा सामाजिक सञ्जाल: यसरी बढ्दैछ महिलामाथि अत्याचार !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १०, शनिबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

भावना झा               

विश्वव्यापी रुपमा सामाजिक सञ्जालको प्रयोग दिनानु दिन बढ्दो क्रममा छ । सन २००० पछि विकसित भएका यी सवै सञ्जालहरुको (Facebook, What’s App, Instagram, Twitter, Youtube, Viber, Messenger, Skype,etc) प्रयोग कर्ताको एक जमात भइसकेको छ । यी प्रविधिहरुले मानिसलाई संसार भरिको विषयबस्तु अध्ययन गर्ने, ज्ञानको दायरा बढाउने, आर्थिक पक्ष मजबुत गर्ने, आफनो ज्ञान, क्षमता, उत्पादन इत्यादी बारे प्रचार प्रसार गर्ने, नागरिकलाई सुसुचित हुने अधिकार र अवसर दुवै प्रदान गरेको छ । सहज र सरल तरिकाले देश र दुनियाको घटना परिघटना बारे बुझने र मनन गर्ने मञ्च प्रदान गरेको छ । आफना विचार, समिक्षा, सिद्धान्त, जिवनका भोगाइ जस्ता अनेक आयामहरु प्रस्तुत गर्ने ठाउँ बनाइदिएको छ ।

नेपाल जस्तो अल्पविकसित मुलुकमा पनि यसको प्रयोगकर्ताको जमात ठुलो रहेको छ । सन् २०१९ जुन र २०२० जुन विचमा गरिएको एक अध्ययनले नेपालमा प्रयोग गरिने विभिन्न सामाजिक सञ्जाल प्रयोग कर्ताको विवरणमा (Facebook (93.31 %), Youtube (2.59%), Twitter (1.84 %), Pinterest (1.42 %), Instagram (0.31%), Linkedin (0.3 %) यसरी प्रस्तुत गरिएको छ ।

यसरी प्रयोग गरिने सामाजिक सञ्जालबाट लाभसँगै नकारात्मक प्रभावपनि हाम्रो समाजमा उच्च हुँदै गएको छ । विशेषगरि पुरुषभन्दा महिलाहरु माथि सामाजिक सञ्जालका माध्यामबाट विभिन्न पिडा दिइरहेको पाइन्छ । विश्व आधुनिक युगमा प्रवेश गरे पनि नेपाली समाज अझै विकसित भैसकेको छैन । त्यसैले महिलालाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार अन्यायपूर्ण छ । यहाँ महिला कुनै अपराधमा परेकी छ भने उल्टै अपराधि जस्तो व्यवहार सहन बाध्य हुन्छ हाम्रो समाजबाट । मानौँ कुनै महिला बलात्कृत भइ भने समाजका विभिन्न हिस्साले अपराधि पत्ता लगाउने नाममा मानसिक रुपमा थप बलात्कार गर्छ र उसको बाँकी जिवन यस्तो सृजना गरिदिन्छ की उ नै अपराधि हो । उ माथि भएको ज्याजति उसको जोवन, कृयाकलाप वा अन्य यसै गतिविधिको परिणाम हो । । पिडित महिलालाई समाजले गर्ने यो व्यवहार बालात्कारका घटनामा मात्रै सिमित नभई सबै प्रकारका अपराधमा लागु हुने गर्छ ।

समाजको यस्तै अविकसित संस्कारका कारण समाजिक सञ्जालबाट महिला माथि बढी अपराध हुन्छ । तर, विना कसुर नै यो समाजकोे नजरमा अपराधी महिला हो जस्तो व्यवहार गरिन्छ । महिलाका नामबाट खोलिने सामाजिक सञ्जालका फेक आइडीहरु यसका ज्वलन्त उदाहरणहरु हुन् । त्यस्तै महिलाका फोटोहरु डाउनलोड, इडिट गरी, उनीहरुको फोटो अपलोड गरी अफवाह फैलाएर उनीहरुलाई मानसिक एवम् सामाजिक तनाव दिने अपराध दिनानुदिन बढ्दै छन् । फेक सामाजिक सञ्जालमार्फत महिलाका फोटोमा गरिने अपाच्य प्रतिक्रियाहरु छ्याप्प छ्याप्ती देख्न पाइन्छन् । अहिले नेपाली महिलालाई सामाजिक सञ्जाल प्रयोग गर्नु एक चुनौतीको विषय बनेको छ । सामाजिक सञ्जालले महिला सुरक्षा र गोपनियता उपर गरेको आक्रमणको जिम्मेवार को भन्ने प्रश्न टड्कारो रुपमा जन्माएको छ । विना कसुर सार्वजनिक रुपमा नै महिला माथि गरिने हिंंंसा र हिंसा पश्चात सामाजमा उनीहरुमाथि गरिने दुव्र्यहारले पुरुषवादी सोचको अवस्थालाई उजागर गरेको छ । किनकी सामाजिक सञ्जालमा प्रायः पुरुषहरुले नै महिलाका नाममा फेक आइडि बनाइ महिलाहरुलाई ब्ल्याकमेल गर्ने गरेको अध्ययनहरुले देखाएका छन् ।
साइवर व्युरो भोटाहिटी, काठमाण्डौमा आर्थिक वर्ष ०७६/०७७ (श्रावण १ गते देखि २०७७ असार २९ गते सम्म) को तथ्याङकमा एक वर्षभित्र साइवर कसुर विरुद्ध २२३२ वटा उजुरी दर्ता भएका छन् । जस मध्ये १८८१ जना महिला र ९९४ जना पुरुषले उजुरी दर्ता गरेका छन् । यी सवै उजुरीबाट ५० जनाले अपराधी विरुद्ध मुद्धा दर्ता समेत गरिसकेको उक्त तथ्याङकले देखाएको छ । अच्चम्म त के भने यो एक वर्षको अवधिमा जम्मा २ जना महिला विरुद्ध उजुरी परेको छ ।

यस्ता तथ्याङ्कले हामी सोच्न बाध्य भएका छौ कि सामाजिक सञ्जालको सदुपयोग कति भैरहेको छ ? त्यसमा पनि महिलाको लागी सामाजिक सञ्जाल अझै बढी चुनौतिको विषय बनेको छ । पुरुषवादी मानसिकताको जर्जरताबाट माथि उठी विकसित समाजको नमुना कहिले बन्ने हाम्रो समाज ?

ताजा अपडेट

खोजी गर्नुहोस