अब सुनको जस्तै हिरा तथा बहुमूल्य पत्थरको पनि मूल्य निर्धारण हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण १०, शनिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन १०, काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी, महासंघले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको छ । बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली परीक्षण नहुँदा ग्राहक झुक्किने गरेका छन्। त्यसैगरी, बहुमूल्य पत्थरको कुनै आधिकारिक निकायबाट मूल्य निर्धारण नहुँदा ती पत्थरहरूको मनलाग्दी मूल्य तय हुने गरेको छ ।

यसैलाई मध्यनगर गरेर सुनचाँदी व्यवसायी महासंघले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारणको लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले नेपाली बजारको लागि सुनको मूल्य पनि निर्धारण गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस