एसिया कप क्रिकेट: नेपाल ओमानसँग ७ विकेटले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र १३, बुधबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १३,काठमाडौँ । एसिया कप क्रिकेटको छनौट खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो ।

ओमानको जितमा खवार अलीले नट आउट ८४ तथा जिसन मक्सुदले नट आउट ४५ रन बनाए । बैभव वाटेगोन्कर ४१ जितेन्दर सिंह ३० तथा अकिब इलियस १६ रनमा आउट भए । तीन मध्य नेपालका पारस खड्काले १ विकेट लिए भने २ विकेट रन आउट भएका थिए ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालको सुरुआत भने राम्रो हुन सकेन । ओपनर अनिल साहलाई आराम दिएर सुवास खकुरेललाई मौका दिए पनि सुवास ४ रनमा आउट भए । ३१ रन हुदा पहिलो विकेट गुमाएको नेपालका लागि कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लले केहि सम्हालिने प्रयास गरेका थिए ।

पारस ८ रनमा आउट भएपछि नेपालले ५६ रनमा दोस्रो विकेट गुमाएको थियो । राम्रो लयमा देखिएका ज्ञानेन्द्र मल्ल ४५ रनमा पेभेलियन फर्किदा नेपालले ५८ रनमा तेस्रो विकेट गुमायो । नेपालले ८० रन बनाउदा चार विकेट गुमायो । दिपेन्द्रसिंह ऐरी पनि मात्र नौ रनमा आउट भए ।

त्यसपछि पाँचौ विकेटका लागि सागर पुन र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर एक सय ७२ रन हुदा आरिफ ३६ रनमा आउट हुन पुगे । यता आरिफसँग राम्रो ब्याटिङ गरेका सागरले ६३ बलमा अर्धसतक बनाए । त्यसपछि क्रिजमा आएका रोहित पौडेलले खाता खोल्न सकेनन् ।

करण केसीले विस्फोटक २६ रन बनाए । अन्तिम ओभरमा नेपालले लगातार दुई विकेट गुमाउन पुग्यो । जसमा सागर पुन ८३ रन आउट हुदा बसन्तले खाता नै नखोली आउट भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस