कोरोनाबाट वीरगञ्जमा थप एक जनाको मृत्यु, मृतकको संख्या ४६ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ११, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ११, वीरगञ्ज । कोरोना भाइरसको संकमणबाट पार्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ। वीरगञ्ज आदर्शनगर निवासी एक जना पुरूषको आइतबार बिहान मृत्यु भएको हो । मुटु रोगी विरामी रहेका ती व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएपछि उपचारका लागि वीरगञ्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आइसियुमा राखेर उपचार भइरहेकोमा आइतबार उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्टेन्ड डा मदन उपाध्यायले बताए । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । १८ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस