बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा विभिन्न समझदारीमा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र १३, बुधबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १३,काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को मन्त्रीस्तरीय बैठकले अन्तराष्ट्रिय अपराध र मानव तस्करी अन्त्यका लागि शून्य सहनशीलताको नीति अपनाउने समझदारीमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा बसेको विमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रहरुबीच अन्तराष्ट्रिय अपराध नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाउने विषयमा शिखर सम्मेलनमा समझदारी गर्ने निर्णय गरेको हो ।

मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनका लागि १६ वटा विभिन्न एजेन्डा पनि तय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरिवी निवारण, जलवायु परिवर्तन, मानव तस्करी र अपराध, भोकमरीलगायतका विषयमा सदस्य राष्ट्रहरुबीच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिएका थिए ।

बैठकले काठमाडौं घोषणा पत्रलाई अन्तिम रुप दिएको पनि परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले बताए ।

बिहीबार प्रधानमन्त्री केपी ओलीले विमस्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन गर्नेछन । सम्मेलनमा भाग लिन बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखहरु नेपाल आउने क्रम जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस