नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण, तीनको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १२, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १२, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस कोभिड १९ का १ सय ३९ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यो सँगै मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०–१० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीका ३–३ जना, सल्षनका २ तथा सिराहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकएक जनामा पनि संक्रमण देखिएको छ ।

सोमबार ६२६ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या १३ हजार सात सय ५४ पुगेको छ । अब चार हजार नौ सय ५० जना सङ्क्रमित उपचार गराइरहेका छन् । यस्तै १६ हजार तीन सय ७१ जना विभिन्न क्वरेण्टीनमा बसिरहेका छन् ।
नेपालमा अहिलेसम्म ३ लाख ४७ हजार २ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ ।

थप तीन जनाको मृत्यु
पछिल्लो २३ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको छ। पर्सा, धनुषा र बाराका दुई जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । पर्सा वीरगञ्जका ६५ वर्षीय, धनुषाका ३८ वर्षीय र बाराको ६० बर्षिया पुरुषको मृत्यु भएका भएको हो ।

वीरगञ्जको आदर्श नगर निवासी भारतीय नागरिक ६५ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए । पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धनुषाको शहीद नगरपालिका ८ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अत्यधिक ज्वरो र रुघाखोकी लागेपछि उनी शनिवार प्रादेशिक अस्पताल पुगेका थिए । अस्पतालले उनलाई आइसोलेशन कक्षमा भर्ना गरेपनि अवस्था बिग्रिँदै गएपछि अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेको थियो। तर धरान लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।

यस्तै बाराका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन १२ गते मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । उनी न्युमोनिया र मस्तिष्कघातका बिरामी थिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस