सोमबार विश्वमा ५ हजार ४९० संक्रमितको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १३, मंगलबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाडौं । सोमबार विश्वमा ५ हजार ४९० कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबारको तुलनामा यो संख्या धेरै हो । आइतबार ४ हजार ८२३ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ४६ हजार ६४१ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ६१ लाख १४ हजार ४४९ पुगेको छ ।
सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।
दक्षिण अफ्रिकामा मात्रै दैनिक १४ हजारसम्म कोरोना संक्रमित थपिरहेका छन् । भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ ।

ताजा अपडेट

२७ मिनेट अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस