‘अव एउटै लक्ष्यमा युवासंघ र वाईसिएल ! अन्तरघुलन भईसकेको छ’ : बास्तोला (अन्तवार्ता)

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७५ जेष्ठ ११, शुक्रबार (६ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

युवा आन्दोलनले नेपालको राजनीतिमा परेको प्रभाव तथा दुई ठूला कम्युनिष्ट पार्टी एक भइसकेपछि अब तत्कालीन एमालेको भ्रातृ संस्था युवा संघ नेपाल र माओवादी केन्द्रको वाईसीएल नेपाल कसरी एक हुँदैछन् । अवको नेपालको राजनितिक सामाजिक र नैतिक विषयमा युवा आन्दोलन कता जानुपर्छ ? खासमा नेपालको राजनितिमा युवा आन्दोलनको लागी मात्रै हो की निति निर्माता तहमा पनि सक्रिय र अग्रस्थानमा आउनुपर्छ अवको युवा आन्दोलन कता जानुपर्छ भन्ने सवालमा युवासंघ नेपालका केन्द्रिय उपाध्यक्ष माधव बास्तोलासंग हामीले कुराकानी गरेका छौँ ।

युवा संघ र वाईसीएल एकीकरणको आधारशीला तयार भयो ?

– दुई पार्टी एक भएर अहिले नेपाल कम्युनिष्ट पार्टी बनेको छ । अबको १५ दिनभित्र पार्टीका जनसंगठनहरु एक बनाउने छलफल भइसकेको छ । एकीकरण गर्न एउटा कार्यदल पनि बनेको छ । विगतमा युवा संघ र वाईसीएल एकआपसमा भिडन्त गरे । एकले अर्काको कार्यकर्तालाई काट्ने काम पनि गरे, नदीको किनारमा गाड्ने काम पनि गरे ।

धादिङमा वाईसीएलका कार्यकर्ताले हाम्रो कार्यकर्तालाई जिउँदै गाडेको उदाहरण छ । युवा संघका कार्यकर्ताले वाईसीएलका कार्यकर्तालाई छपछपी काटेको उदाहरण पनि छ । दुईवटा ठूला कम्युनिष्ट पार्टीहरु, यसले निर्धारण गरेको लक्ष्य, बाटो एउटै, तर दुईवटा पार्टी बनेर अगाडि बढिरहेका बेला हामीले धेरै खालको शिक्षा यसबीचमा लियौं ।

मुलुक संघियतामा गईसकेपछि पनि युवाहरु काठमाडौँमा केन्द्रिकृत छन युवामा विकेन्द्रिकृत सोच कहिले आउछ ?

स्थानीय तहको निर्वाचनमा एक हुन सकेनौं, प्रदेश र संघीय संसदको निर्वाचनमा हामीले समीक्षा गरेर कम्युनिष्टको जनमतलाई सुरक्षित गर्नुपर्छ ।

यो देशमा समाजवाद उन्मुख राजनीतिक सत्ता प्राप्तिका लागि अगाडि बढ्नुपर्छ भनेर दुई ठूला पार्टी एक भए । पार्टी एक हुने वाचाका साथ हामी निर्वाचनमा होमियौं । हामीबीचमा भएका धेरै असहमतिहरु सँगै हिड्दा कतिपय पखालेका छौं । कतिपय कुरा अन्तरघुलन भएको छ । दुई नदी एक भएर जाँदा लामो भङ्लासम्म जाँदा राम्रो हुन्छ ।

अहिले हामी एकआपसमा अन्तरघुलन भइसकेका छौं । युवा संघ र वाईसीएलको केन्द्रीय कमिटी बनिसकेको छ । अहिले धेरै कार्यक्रममा हामी एक भएर सहभागी हुन्छ, वहस चलाऔंछौं, छलफल गछौं ।

हामीबीचमा भएको विमतिलाई कसरी लैजाने, हाम्रो विमति मात्रै हाम्रा कुरा रहेन । हामी समृद्धिको दिशामा जानुपर्ने, नेपाली युवालाई हामी कसरी नेतृत्व दिन सक्छौं भन्ने विषय प्रधान हो ।

वाईसीएलसँग द्वन्द्वको कुनै रोचक घटना छ ?

– हामी धेरै विषयमा छलफल गछौं, रामेछाप, सिन्धुली, कास्की, धादिङको घटना किन नहोस्, यही क्यासिनोमा भएको घटनाहरु, अथवा कास्कीको वाइसीएलको क्याम्पमा हानेको घटना किन नहोस्, अथवा प्रचण्ड थैवमाथि भएको आक्रमणको घटना किन नहोस्, हामी यी सबै विषयमा एकआपसमा छलफल गछौं । त्यसलाई हामीले मसिनो तरिकाले महसुस गरेका छौं ।

नेता मात्र मिलेर हुँदैन, कार्यकर्ताबीचमा पनि वैमनस्यलाई कसरी निराकरण गर्न सकिन्छ भनेर हामीबीचमा छलफल पनि भएका छन् । अब हामी एकआपसको द्वन्द्वको कुरा मात्र होइन, नेपाल कम्युनिष्ट पार्टीलाई कसरी राम्रो लोकप्रिय बनाउन सकिन्छ, हामी बीचमा भएका धेरै असमझदारीलाई कसरी निराकरण गर्न सकिन्छ ।

नेपालमा रहेको ६२ प्रतिशत कम्युनिष्ट जनमतलाई अझ बढाउन सकिन्छ । आउँदो निर्वाचनमा कम्युनिष्ट पार्टीले तय गरेको घोषणापत्र त्यसले तय गर्ने नीति तथा कार्यक्रमलाई युवाहरु माँझमा हामी कसरी लैजान सक्छौं भन्ने कुरामा हामी केन्द्रित हुन्छौं ।

अडियोसहित (तल क्लिक्क गर्नुहोस् ) 

ताजा अपडेट

खोजी गर्नुहोस