साउन १४, काठमाडौं । बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार छापावाल सुन तोलामा ९८ हजार ५०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको हो । मंगलबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैबीच बुधबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार १२ सय ४५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।