तरकारीको मूल्य दोब्बरदेखि तेब्बरसम्म बढ्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण १५, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाण्डौ । गएको असार १ गतेको तुलनामा अहिले काठमाण्डौको थोक बजारमा नै तरकारीको मूल्य दोब्बरले बढेको छ । केही तरकारीमा त दोब्बरभन्दा पनि बढी छ । असार १ गते किलोको २५ देखि ३० रुपैयाँ रहेको गोलभेँडा अहिले ५५ देखि ६३ रुपैयाँ पुगेको छ ।

यस्तै किलोको ३२ देखि ३४ रुपैयाँ रहेको रातो आलु अहिले ६८ देखि ७० रुपैयाँ पुगेको छ । तने बोडी किलोको २० रुपैयाँबाट एक सय रुपैयाँ पुगेको छ भने सिमी ३० देखि ३५ रुपैयाँबाट किलोको ९५ देखि एक सय रुपैयाँ पुगेको थोक व्यापारी भगवान चन्द्र उप्रेतीले बताए । यो भाउ खुद्रामा पुग्दा अझ महँगो हुन्छ । खुद्रा व्यापारीले ढुवानी, सटर भाडा, ज्यालालगायतलाई जोडेर थोक मूल्यमा किनेको भन्दा दोब्बर मूल्यमा तरकारी बेच्ने गरेका छन् । उपभोक्ताले तने बोडी किलोमा दुई सय रुपैयाँसम्म तिरेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस