भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकै दिन सर्वाधिक ५२ हजार बढी संक्रमित

साउन १५, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा संक्रमित संख्या झण्डै ३ हजार बढेको भारतमा बिहीबार यो समाचार तयार पार्दासम्म ५२ हजार २४९ जना संक्रमित भएका छन् ।भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।
योसँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ८४ हजार ३८४ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म १० लाख २१ हजार ६११ संक्रमणमुक्त भएका छन् भने ५ लाख २७ हजार ७७० जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७७९ जनाको मृत्यु भएपछि बिहीबार बिहानसम्म ज्यान गुमाउनेको ३५ हजार ३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply