इटालियन सिरि ए : उपाधि विजेता युभेन्टस काग्लिएरीसँग पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ श्रावण १५, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाडौं । इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लिएरीसँग २–० ले पराजित भएको छ । बुधबार राति काग्लिएरीको घरेलु मैदानमा भएको खेलमा युभेन्टस २–० गोल अन्तरले पराजित भएको हो । काग्लिएरीको जीतमा लुका गाग्लिएनो र जियोभानी सिमिओनले गोल गरे ।
खेलको ८औँ मिनेटमा लुका गाग्लिएनोको गोलबाट अग्रता बनाएको काग्लिएरीका लागि दोस्रो गोल पहिलो हाफको इन्ज्युरी समयमा जियोभानीले गरे । त्यसपछि कुनै गोल भएन र खेल काग्लिएरीले २-० ले जीत्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस