सुनको भाउले आकाश छोयो, तोलामा ५ सयले बृद्धि, कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण १५, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको छ । आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हो ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस