साउन १५, रसुवा । विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेपछि गोसाइँकुण्ड मेला सञ्चालन नहुने भएको छ । हरेक वर्ष जनैपूर्णिमाको अवसरमा सञ्चालन हुँदै आएको मेला यो वर्ष सञ्चालन नगर्ने निर्णय भएको हो ।
मेला व्यवस्थापन गर्दै आएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले कोरोना भाइरसको जोखिम रहेको, सरकारले मेला सञ्चालन नगर्न आग्रह गरेको, सार्वजननिक यातायात सञ्चालन नभएको, पदमार्गमा सञ्चालनमा रहेका होटल पूर्ण रूपमा सञ्चालन नभएको र पदमार्गमा अस्थायी थर्पु स्थापना गर्न समय नभएको कारणले मेला सञ्चालन नगर्ने निर्णय गरेको हो । हरेक वर्ष १० हजारको हाराहारीमा भक्तजनहरु मेला भर्न आउने गरेका छन् ।